आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

स्थानीय तहमा मात्रै होइन प्रदेश र संघमा पनि गठबन्धन गर्छौ : अध्यक्ष प्रचण्ड

    प्रकाशित २०७९ बैशाख ४, आईतबार (२ साल अघि)


नवलपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहमा मात्रै होइन प्रदेश र संघमा पनि गठबन्धन हुने दाबी गर्नुभएको छ ।
देवचुली नगरपालिकाको दलदलेमा भएको राजनैतिक एवं वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लोकतन्त्र बचाउनका लागि गठबन्धन गरेर स्थानीय तह चुनाव लड्नु परेको बताउनुभयो ।
केन्द्रमा पनि स्थानीय तहमा मात्रै होइन संघ र प्रदेशमा गठबन्धन गरेर चुनाव लड्नेमा प्रष्ट भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनमा गठबन्धन सहज नभएको स्वीकार गर्दै आवश्यक परे स्वतन्त्र रुपमा पनि प्रतिस्पर्धा गर्ने बताउनुभयो । तर सकभर गठबन्धन गरेर नै चुनावमा जाने योजना रहेको बताउनुभयो ।

अहिले गठबन्धनमा रहेका सबै दलहरुलाई जितजित हुने तरिकाले चुनावी एजेण्डा बनेको भन्दै उम्मेदवार छनोटको प्रक्रिया सोहि अनुसार अगाडि बढेको बताउनुभयो ।तीन वर्ष अघि सहारा पार्टी प्यालेसमा नै प्रशिक्षण गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले जिल्लामा माओवादी केन्द्रको राजनैतिक इतिहासलाई असर हुने काम नगर्न आग्रह गर्नुभएको थियो ।

Write your Comment