आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

बुलिङटार गाउँपालिकाको अध्यक्षका लागि युवा नेता देवकोटाको बलियो दाबेदारी

    प्रकाशित २०७८ चैत्र २७, आईतबार (१ साल अघि)

देवचुली । नवलपुरको बुलिङटार गाउँपालिकाको नेतृत्वका लागि प्रमुख राजनीतिक दलका जिल्ला तथा पालिका तहका नेताहरु आकांक्षी देखिएका छन् । २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका अध्यक्षका टिकटका लागि आकांक्षीहरुले आफ्नो पार्टीभित्र लबिङ थालेका छन् ।
गाउँपालिकामा कांग्रेसबाट मात्रै १० जनाले गाउँपालिका अध्यक्षमा उमेदवारी दिने आकांका व्यक्त गरेका छन् । कांग्रेसबाट वर्तमान अध्यक्ष शशि किरण बस्ताकोटीसंगै जिल्ला समन्वय समितिका सभापति चेशराम आले, गण्डकी प्रदेश मुख्यमन्त्रिका राजनितिक सल्लाहकार खड्ग बहादुर कमाल, नेपाली कांग्रेस जिल्ला सचिव होराज रानाभाट, नेविसंघका नेता सुवास देवकोटा, पदमराज गिरी, ऋषिश्वर बकावल, ओमकुमार श्रेष्ठ र दोलराज पाण्डे,कृष्ण प्रोक्रेल र सन्दिप श्रेष्ठ लगायतले गाउँपालिका अध्यक्षका लागि चासो देखाएकाछन् । हालसम्म उपाध्यक्ष पदका लागि हालका गाउँपालिका उपाध्यक्ष मैना बि.क. संगै लक्ष्मी गौतमले आफ्नो नाम दिएका छन ।
गाउँपालिकाको नेतृत्वका लागि इच्छा देखाएका मध्ये नेबिसंघ नेता सुवास देवकोटालाइ बलियो उम्मेदवारको रुपमा हेरिएको छ । स्कुले जीवनदेखि नै विद्यार्थी राजनितिक,विभिन्न संघ संस्थाको अगुवाई गरेको,बौद्धिक संगै युवाहरुको प्रतिनिधित्व को रुपमा देवकोटालाइ हेरिएको छ । गाउँपालिकाको अध्यक्ष भएपछि देवकोटाले गर्ने प्राथमिकताका विषयहरु पनि सार्बजनिक गर्नुभएको छ ।

५ बर्षको लागि प्रथमिकताको क्षेत्र

१. बुलिङ्गटार गाउँपालिकामा विद्यमान रहेको स्वास्थ सेवा हल गर्न डाक्टर सहित चौवीसै घण्टा सेवा दिलाउने ।
२. युवा स्वरोजगारको कार्यक्रमको संञ्चालन गरी विदेशमा रहेका युवालाई गाँउ फर्काई उनिहरुको सीप,योग्यता गाँउ विकासमा नै लगाउने कार्यक्रम संञ्चालन गर्ने ।
३. देवचुली डाँडा,घुमाउरी घाट धार्मिक पर्यटन कालीगण्डकी लक्षित धार्मिक पर्यटन कार्यक्रम संञ्चालन गर्ने ।
४.प्राविधिक शिक्षालाई विकास गरी गाँउमा नै प्राविधिक शिक्षा पढ्न पाउन लागि योग्य जनशक्ति पूर्वाधार तयार गर्ने ।
५. विद्यमान खानेपानी सडक समस्या हल गर्ने दिगो खानेपानी सडक को पूसर्वाधार तयार गर्ने ।
६. युवालाई खेलकुद विकास गर्न नमुना खेलकुद विकास केन्द्र स्थापना गर्ने ।
७. महिला दिदि वहिनिहरुलाई लक्षित गरी सामुसदायिक उद्यमशिलताका कार्यक्रम संञ्चालनमा ल्याउने ।
८. राष्ट्रिय विद्युत विस्तारको कार्यलाई पूर्णता दिई उज्यालो बुलिङ्गटारको सपना पुरा गर्ने ।
९. युवा लक्षित उद्यमशिलताको कार्यक्रम संञ्चालन गरी राजनैतिक,सामाजिक बिकासमा युवाहरुलाई नेतृत्वमा ल्याउने पहल गर्ने ।
१०. समुन्नत बुलिङ्गटारको सपना साकार गर्न जवाफदेहि,पारदर्शी समावेशी रुपमा संघ संस्था संग समन्वय गरी विकासका कार्यक्रममा युवाहरुलाई संलग्न गराउने ।
११. मगर ,कुमाल,दराई संस्कृतिको संरक्षणको लागी एकीकृत सांस्कृतिक ग्राम संञ्चालमा ल्याउने ।

Write your Comment