आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

माओवादी केन्द्र देवचुलीको अध्यक्षमा सत्यनारायण भुसाल निर्वाचित

    प्रकाशित २०७८ चैत्र २५, शुक्रबार (२ साल अघि)


देवचुली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) देवचुलीको नगर अध्यक्षमा सत्यनारायण भुसाल निर्वाचित भएका छन् ।भुसालले आफ्ना निकटतम प्रतिद्वन्द्वी हुकुमबहादुर सुबेदीलाई पराजित गरेका हुन् । कुल ५३ जनाले गरेको मतदानमा भुसालले २७ मत प्राप्त गर्दा सुबेदीले २५ मत प्राप्त गरेका थिए।

गत मंसिर ११ गते भएको नगर अधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसके पछि रोकिएको थियो । चार महिनापछि नगर समितिको बैठकबाटै चुनावबाट नेतृत्व छान्ने भनेपछि बिहीबार चुनाव भएको थियो । त्यसैगरी उपाध्यक्षहरुमा सुदर्शन लामिछाने ३१ मत , हरिकला पुरीले ३० मत र विक्रम नगरकोटीले २७ मत प्राप्त गरी निर्वाचित भएका छन् । गोमा घिमिरे र गोरे परियार उपाध्यक्षमा पराजित भए । त्यसैगरी सचिवमा राजन गौतमले २६ मत र सहसचिवमा केशव श्रेष्ठले ३३ मत प्राप्त गरी विजयी भएको निर्वाचन संयोजक दुर्गादत्त घिमिरेले जानकारी दिए।

नगर अध्यक्ष निर्वाचित भएपछी आफ्ना मन्तव्य राख्दै  सत्यनारायण भुसालले पार्टीको मर्म र भावना अनुरुप पार्टीका क्रियाकलाप सञ्चालन गर्ने र आसन्न निर्वाचनमा माओवादी केन्द्रलाई सशक्त बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । निर्वाचन प्रक्रिया देवचुली उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो।

Write your Comment