आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने माडीका एक शिक्षक पक्राउ

    प्रकाशित २०७८ चैत्र ७, सोमबार (२ साल अघि)


चितवन । चितवनको माडीस्थित एक विद्यालयका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले माडी नगरपालिका ५ का सुरज लामिछानेलाई पक्राउ गरिएको हो । माडी १ बरुवास्थित श्री सोमेश्वर उच्च माविका शिक्षक लामिछानेविरुद्ध आफ्नै विद्यालयको कक्षा ९ मा अध्ययनरत १५ वर्षीया नाबिलाकालाई यौन दुर्व्यवहारको उजुरी परेको छ ।

नाबालिकाको आफन्तले जिल्ला प्रहरी कार्यालय चितवनमा ६ गते आइतबार उहाँविरुद्ध यौन दुर्व्यवहारको जाहेरी दिनुभएको थियो। परिवारको जाहेरीपछि आइतबार नै उहाँलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Write your Comment