आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

एमाले नवलपुरले निर्वाचन लक्षित कार्यक्रम अगाडी बढायो

    प्रकाशित २०७८ चैत्र ६, आईतबार (२ साल अघि)


कावासोती। नेकपा एमाले नवलपुरले निर्वाचन लक्षित कार्यक्रम अगाडी बढाएको छ । एमाले जिल्ला कमिटिको जिल्ला कमिटिको बैठक अनुरुप नेकपा (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ र २ को बैठक सम्पन्न गरेको छ ।
जिल्लाका सबै दुई वटा बाहेक सबै भातृ संगठनको जिल्ला अधिवेशन सम्पन्न गरेको एमालेले शनिवार दलदलेमा प्रतिनिधि सभा क्षेत्र नं. १ को बैठक सम्पन्न गरेको र आज ( आइतबार) कावासोती १६ डण्डामा क्षेत्र नं. २ को बैठक सम्पन्न गरेको छ ।
निर्वाचन लक्षित गर्दै एमाले कावासोती नगर कमिटिले चैत्र ७ गते नगरभित्र रहेका जिल्ला पाटी कमिटि, क्षेत्रिय समन्वय कमिटि, नगर कमिटि र एमाले बाट निर्वाीचत जनप्रतिनिधी बीच अन्र्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको एमाले जिल्ला प्रचार विभाग प्रमुख सागर पोख्रेलले बताउनुभयो ।
आज सम्पन्न एमाले क्षेत्र नं. २ समन्वय समितिको बैठकमा बोल्दै प्रमुख अतिथी समेत रहनु भएको एमाले केन्द्रिय सदस्य , नवलपुर जिल्ला इन्चार्ज तथा संघीय सासद तिलक महतले एमालेको विचार लिएर जनता माझ जान आग्रह गर्नुभयो । उहाँले के. पि. शर्मा ओलिको नेतृत्वको सरकार र एमालेले जितेका स्थानिय निकायले गरेका जनपक्षिय कामहरु जनताको बिचमा लैजान निर्देशन समेत दिनुभयो ।महतले स्थानिय तहको निर्वाचनमा विजयी हासील गर्न सम्वन्धित पालिकाको वडाबाटनै आवश्यक मात्रमा मात्र उमेद्वारको नामावली जिल्लामा पठाउन निर्देशन दिनुभएको छ ।

बैठकमा एमाले केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज रविन्द्र अधिकारीले निर्वाचन नजिकिए सगै पाटिलाई पुनर्ताजकी गर्दै स्थानिय निर्वाचन लक्षित योजना बनाएर लाग्न निर्देशन दिनुभएको छ ।उहाँले पाटिलाई आवश्यक परेको समयमा पाटी प्रति इमान्दारीताका साथ लाग्न र पाटिले उठाएका उमेदवारहरुलाई विजयी गराउन आग्रह गर्नुभयो ।

त्यस्तै बैठकमा बोल्दै एमाले केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य कृष्ण पौडेलले समाजवाद निर्माणका लागि एमालेले तिनै तहको निर्वाचन एमालेले जित्न आवश्यक रहेको बताउनुभयो । जनताको जिवनको रुपान्तरण गर्न र देशलाई ठिक दिशा दिन एमालेको नेतृत्व आवश्यक रहेको भन्दै देश विकास र जनताको जीवन परिवर्तन गर्न सक्रियताका साथ लाग्न निर्देशन दिनुभएको थियो ।
बैठकले चैत्र १० गते सबै पालिकामा जन प्रतिनिधि र पाटि बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने, चैत्र १५ गते सम्म सबै वडा कमिटी र टोल कमिटी गठन गरिसक्ने र निर्वाचन परिचालन कमिटी गठन गर्ने र स्थानिय निर्वाचनलाई लक्षित गरी निर्वाचनमुखी प्रशिक्षण चैत्र २० गते भित्र प्रशिक्षण सम्पन्न गर्ने निर्णय गरेको एमाले जिल्ला प्रचार विभाग प्रमुख सागर पोख्रेलले जानकारी दिनुभयो । बैठक प्रतिनिधि सभा क्षेत्र नं. २ का संयोजक अमृत ज्ञावलीको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा एमाले पाटी जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे, प्रदेस कमिटि सदस्यहरु विष्णु भुसाल, चिन्तामणी चौधरी, मेख बहादुर पुलामी, पाटी जिल्ला सचिव भिम अधिकारी, उप सचिव यमुनाथ आचार्य र भिमलाल कण्डेल सहित जिल्ला कमिटि, नगर कमिटि र एमालेबाट निर्वाचित क्षेत्र नं. २ का जनप्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

Write your Comment