आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

सुर्खेत भेरी नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता

    प्रकाशित २०७८ फागुन २८, शनिबार (२ साल अघि)


सुर्खेत । सुर्खेतको भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन् ।

सुर्खेतको भेरिगंगा नगरपालिका–११ भेरी नदी रामघाटस्थित रानीबगर घाटमा नुहाउने क्रममा ३ जना बालबालिका बेपत्ता भएका हुन्।
शनिबार साँझ ५ बजेको समयमा उनीहरू बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रबक्ता डि.एस.पी रामप्रसाद घर्तीले जानकारी दिए ।

स्थानीयका अनुसार बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, ८ वर्षीय कृष्णा सिंजाली र १० वर्षीय दिनेश बुढा रहेका छन्।
बेपत्ता बालबालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी रहेको प्रबक्ता डि.एस.पी रामप्रसाद घर्तीले जानकारी दिए ।

Write your Comment