आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

बियर पारखीहरुको लागि सि. जि. ब्रुअरीले ल्यायो पिल्स्नर क्राफ्ट बियर

    प्रकाशित २०७८ फागुन २७, शुक्रबार (२ साल अघि)


विश्वास लामिछाने, नवलपुर । चौधरी ग्रुप  (CG) अन्तर्गतको सिजी ब्रुअरी (नेपाल) प्रा.लि. ले नेपाली बजारमा नेपाल आइस पिल्स्नर क्राफ्ट बियर समेत उत्पादन गरी बजारमा ल्याएको छ । नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आइस’ ब्राण्डअन्र्तगत पिल्स्नर बियर उत्पादन गरिएको सिजीले जनाएको छ ।

Nepal Ice PILSNER BIER (CRAFT)

बजारमा उपलब्ध अन्य पिल्स्नर बियरभन्दा यो बियर फरक र उत्कृष्ट स्वादमा रहेको सिजी ब्रुअरीको दाबी छ । सिजी ब्रुअरीले समय अनुकूल आफ्ना बियर पारखीहरुका लागि फरक तथा उत्कृष्ट स्वादहरुमा बियर उत्पादन गर्दै आएको छ । यो संगै सि जि ब्रुअरीले नेपाल आईस स्टोङ, नेचुरा, प्रिमियम, रियलगोल्ड ५०००, हेवार्ड, मुस्ताङ, रोयल च्यालेन्ज लगायतका उत्पादन गर्दै आईरहेको छ ।

नेपाल आइस पिल्स्नर उपभोक्तामाझ लोकप्रिय तथा प्रथम रोजाईको पिल्स्नर बियर हुनेमा कम्पनी विश्वस्त छ । यो बियर ६५० एमएल प्रतिबोतल उपभोक्ता मूल्य ३४० रुपैयाँ र ३३० एमएल प्रतिबोतल उपभोक्ता मूल्य १७५ रुपैयाँ कायम गरिएको सि जीले जनाएको छ ।

Write your Comment