आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

आज एकै दिन ३,५५३ मा कोरोना संक्रमण

    प्रकाशित २०७८ पौष २९, बिहिबार (२ साल अघि)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३,५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट यो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तैगरी, पछिल्लो २४ घण्टामा दुई सय ७१ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा हाल १४ हजार तीन सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।

साथै सरकारले पछिल्लो एक दिनमा तीन लाख ५६ हजार चार सय जनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाएको छ ।

Write your Comment