आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

देवचुलीबाट ९७ हजार ३ सय १० रुपैँया सहित पाँचजना जुवाडे पक्राउ

    प्रकाशित २०७८ मंसिर १, बुधबार (२ साल अघि)


नवलपुर । नवलपुरको देवचुलीबाट ९७ हजार ३ सय १० रुपैँया सहित पाँचजना जुवाडे पक्राउ परेका छन ।जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार देवचुली नगरपालिका १२ गैंडी निवासी होमराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थमा नगद ९७ हजार ३ सय १० रुपैयाँ सहित ५ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले नवलपरासी (पूर्व) देवचुली नगरपालिका १२ बस्ने वर्ष ५२ को चित्र बहादुर काफ्ले, वर्ष ३५ को होमराज गिरी, वर्ष ३३को कृष्णबहादुर तामाङ, वर्ष ३९ को पदम बहादुर महतो र वर्ष ४३ को हरी बहादुर बाचेलाई पक्राउ गरेको हो ।पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।

Write your Comment