आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा

    प्रकाशित २०७८ कार्तिक २९, सोमबार (२ साल अघि)


देवचुली । देवचुली नगरपालिकाले यही कात्तिक २९ गते हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको कात्तिक २८ गते बसेको कार्यपालिकाको बैठकले उक्त दिन बिदा दिने निर्णय गरेको हो ।

देवचुली नगरपालिका अन्तर्गत सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था अत्यावश्यक सेवाबाहेक बिदा दिइएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलले जानकारी दिनुभयो । त्यसैगरी देवचुली नगरपालिका भित्रका सामुदायिक तथा निजी शैक्षिक संस्था एवं अन्य सङ्घसंस्थाहरूमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Write your Comment