आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

बुलिङटार एमाले वडा अधिवेशनः ५ वडामा सर्वसम्मत

    प्रकाशित २०७८ कार्तिक ७, आईतबार (२ साल अघि)


नवलपुर । बुलिङटार गाउँपालिकाका ६ वडामध्ये ५ वडामा नेकपा एमालेको वडा कमिटि गठन भएको छ । दैशैभर एकैदिन एकैचोटि आयोजित संघीयतापछिको प्रथम वडा अधिबेशन अन्तर्गत बुलिङटारको वडा नं. २ बाहेक सवै वडामा अधिवेशन सम्पन्न भई कमिटि गठन भएको बुलिङटार एमालेले जनाएको छ ।

बुलिङटारका लागि पार्टी सह ईन्चार्ज टंक गिरीका अनुसार वडा नं. २ डाँडाझेरीमा बर्षातका कारण बाटो अवरुद्ध भई आवतजावतमा समस्या भएका कारण अधिबेशन गर्न नसकिएको हो । गिरीले वडा नं. २ मा सदस्यता नविकरण कार्य समेत पूर्ण रुपमा नसकिएकाले सहज परिस्थितिमा अधिबेशन हुने बताए ।

अधिबेशन सम्पन्न भएकामध्ये वडा नं. १ मा खेमबहादुर डिस्वा मगरको अध्यक्षतामा ३१ सदस्यीय, ३ मा दामोदर कुमालको नेतृत्वमा २१ सदस्यीय, ४ मा कुलबहादुर ठाडाको अध्यक्षतामा २३ सदस्यीय, ५ मा धनबहादुर थापाको अध्यक्षतामा २१ सदस्यीय, र ६ मा भरत राना मगरको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन भएका छन् ।

Write your Comment