आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

कावासोतीमा जुवा खेलिरहेका ५ जना पक्राउ

    प्रकाशित २०७८ कार्तिक ६, शनिबार (२ साल अघि)


नवलपुर (कावासोती) । पूर्वी नवलपरासीको कावासोतीबाट नवलपुर प्रहरीले तास खेलिरहेका ५ जनालाई नगद २७ हजार भन्दा बढी रकम सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार शनिबार दिउँसो कावासोती २ शान्ति टोलमा प्रहरीले गस्तीको क्रममा चेतनारायण काफ्लेको गर तास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले नेपाली रुपैयाँ २५ हजार ८ सय ६५ रुपैयाँ, भा.रु. ९ सय ५० रुपैयाँ र ३ बुक तास बरामद गरेको जनाएको छ । प्रहरीले कावासोती नगरपालिका वडा नं २ शान्तीटोल ५४ बर्षीय डिल्लीराम पौडेल, ५० बर्षीय अर्जुन कंडेल, कावासोती ५ निवासी ५६ बर्षीय भुपराज चापागाई, कावासोती २ निवासी ३० बर्षीय दुर्गादत्त कंडेल र ५६ बर्षीय ठाकुराम थापालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए।

Write your Comment