आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

महिनावारीमा कर कहिलेसम्म सरकार, रातो कर माफ गर

    प्रकाशित २०७८ आश्विन ८, शुक्रबार (२ साल अघि)


काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडको मूल्य वृद्धि भएको बिरोधमा युवायुवतीहरुले माइतीघरमा मुल्य वृद्धि रोक्नको लागि आह्वन सहित ‘महिनावारीमा कर कहिलेसम्म, रातो कर माफ गर’ भन्दै प्रदर्शन गरेका छन्। महिलाहरुले प्रयोग गर्ने प्याड, टेम्पोन तथा मिन्सुरल कप जस्ता समाग्रीहरुमा हाल सरकारले कर वृद्धि गरेले विरोध प्रदर्शन गरिएको हो।

स्यानिटरी प्याड नि:शुल्क बितरण हुनुपर्ने मागमा बहस गरिरहँदा सरकारले आयातित प्याडहरुमा पनि १५ प्रतिशत आयात कर र १३ प्रतिशत मूल्य अभिवृद्धी कर लगाएको छ। जसका कारण बजारमा प्याडको मूल्य बढेको छ। यस्तै, यसमालाग्ने कच्चा पदार्थ आयातमा समेत ५ प्रतिशत कर लगाउने गरिएको छ।

महिनावारीमा प्रयोग हुने सामाग्रीको बिक्री वितरण र व्यवस्थापन बारे नेपालमा हालसम्म कुनै पनि कानुन बनेको छैन। भने सरकारको फितलो अनुगमनका कारण बढेको मूल्यमा नै प्याड किन्न महिलाहरु बाध्य छन्।

आर्थिक वर्ष २०७७/७८ मा करीव ४ करोड भन्दा बढी प्याड नेपाल भित्रिएको थियो। जसमा ४ करोड ६ लाख रुपैया आयात कर जोडिएको छ।

साथै सेनेटरी प्याड नि:शुल्क हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा समेत परेको छ। प्याडलाई नि: शुल्क बनाउनुपर्ने माग भइरहेको बेला त्यसको मूल्य वृद्धि भएपछि ‘रातो कर माफ गर’ भन्दै युवाहरुले प्रदर्शन गरेका हुन्।
स्यानिटरी प्याड बिलासिता बस्तु नभएको भन्दै त्यसमा कर लगाउन नहुने भन्दै पहिलादेखि नै लबिङ हुँदै आईरहेको हो।

महिनावारीमा प्रयोग हुने सामाग्रीको बिक्री वितरण र व्यवस्थापन बारे नेपालमा हालसम्म कुनै पनि कानुन बनेको छैन। भने सरकारको फितलो अनुगमनका कारण बढेको मूल्यमा नै प्याड किन्न महिलाहरु बाध्य छन्।

त्यसैको बिरोध स्वरुप उनीहरूले रातो कर माफ गर, रातो कर खारेजी गर लगायत नारा लगाउदै प्रदर्शनमा उत्रिएका थिए।

 

Write your Comment