आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

देवचुली कांग्रेस वडा अधिवेशनः अधिकांश वडामा निर्विरोध

    प्रकाशित २०७८ भाद्र २१, सोमबार (२ साल अघि)


खगेन्द्र पराजुली, नवलपुर । देवचुली नगरपालिकाको १७ वटै वडामा नेपाली काँग्रसको वडा अधिवेशन र क्षेत्रीय प्रतिनिधि चयन कार्य जारी छ । अधिकांश वडामा सर्वसम्मत भएको छ भने केही वडाहरुमा निर्वाचनको तयारी छ । यद्यपि, अझ पनि सहमतिको प्रयास भने भईरहेको देवचुली नगर स्तरीय निर्वाचन समितिका संयोजक मीनबहादुर दाहालले बताएका छन् ।
संयोजक दाहालका अनुसार पछिल्लो विवरणमा देवचुलीका वडा नं. १ देखि ९ सम्म सर्वसम्मत भएको छ । यस्तै, वडा नं. १४ मा समेत सर्वसम्मत रुपमा वडा समिति र क्षेत्रीय प्रतिनिधि समेत निर्वाचित भएका छन् । अन्य वडाहरुमा कतै वडा समिति सर्वसम्मत त कतै क्षेत्रीय प्रतिनिधि सर्वसम्मत भएका छन् । यद्यपि, कुनै–कुनै पदमा सर्वसम्मत नहुँदा निर्वाचनको प्रक्रियामा जानुपर्ने अवस्था रहने बताए ।
सम्वन्धित वडाको अधिबेशन सम्पन्न गर्ने जिम्मेवारी पाएका निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार नेपाली काँग्रेस वडा कार्य समितिको सभापतिमा वडा नं. १ मा ५३ बर्षका कमल खत्री क्षेत्री (केसी), २ मा ६२ बर्षका कृष्णचन्द्र बस्ताकोटी, ३ मा ५१ बर्षका देवेन्द्र शर्मा, वडा नं. ४ मा ४१ बर्षका दिपेन्द्र थापा क्षेत्री र ५ मा ४० बर्षका मेखबहादुर सिंजाली सर्वसम्मत चयन भएका छन् ।
वडा नं. ६ मा ४० बर्षीय झापबहादुर कानुङ मगर, वडा नं. ७ मा४६ बर्षका तुलसीराम कंडेल, वडा नं. ८ मा ४५ बर्षका लालबहादुर सारु र ९ मा ४२ बर्षका कृष्णबहादुर आले निर्विरोध सभापतिमा निर्वाचित भएका छन् ।
वडा नं. १० मा सभापति पदमा तीन जनाको दावेदारी रहिरहेको छ । दलबहादुर राना, संजय काफ्ले र यमप्रसाद भुसालले आफ्नो उम्मेदवारी जनाईराखेका छन् ।
वडा नं. ११ मा ४८ बर्षका यामप्रसाद भुसाल, १२ मा ४१ बर्षीय गजेन्द्रराज लामिछाने, १३ मा ५५ बर्षका रामकृष्ण अधिकारी, १४ मा ३२ बर्षका राजेन्द्र अधिकारी (राजन)लाई अधिबेशनले सर्वसम्मत चयन गरेको हो ।
वडा नं. १५ मा बसन्त पोख्रेल र ईन्द्र घिमिरेबीचमा सभापति पदमा सहमति जुट्न सकेको छैन । यद्यपि, सहमतिको प्रयास भैराखेकोले निर्वाचनमा जानुपर्ने अवस्था भएमा भोली मंगलवार निर्वाचन प्रक्रियाबाट टुंगो लगाईने निर्वाचन समितिले जनाएको छ ।
वडा नं. १६ मा ४० बर्षीया धनेश्वरी ढकाल कोईराला सर्वसम्मत सभापतिमा चयन भएकी छन् । वडा नं. १७ मा प्रेमलाल सापकोटा, खड्कबहादुर हमाल बिष्णुकुमार वाग्ले तीन जनाबीच सभापति पदमा सहमति जुट्न नसकेको निर्वाचन समितिले जनाएको छ ।

Write your Comment