आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

गिद्ध सचेतना दिवश नवलपुरमा मनाईयो

    प्रकाशित २०७८ भाद्र १९, शनिबार (२ साल अघि)


डि आर क्षेत्री,देवचुली । “पर्यावरण सन्तुलनमा गिद्धकाे भुमिकाकाे आधार , गिद्ध संरक्षणले गर्छ जिविकाेपार्जनकाे आधार” भन्ने मुल नाराका साथ १३ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवश मुलुकभर मनाईएकाे छ । कावासोती नगरपालिकामा रहेकाे जटायु रेष्टुरेन्टकाे आयाेजनामा दिगाे गिद्ध संरक्षण तथा पर्यापर्यटन प्रवद्धन सम्बन्धी स्थानीय पथप्रदर्शक तथा सराेकारवालाबिच सचेतना गाेष्ठी तथा गिद्ध गणना कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक वर्ष अंग्रेजी महिनाकाे सेप्टेम्बर पहिलो शनिबार देखि हप्ताभर गिद्ध सचेतना दिवस मनाइन्छ । सन् २००९ देखि सुरु भएको सचेतना दिवसमा गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षणमा सहभागिता विषयमा केन्द्रित भएर दिवस मनाइन्छ ।
नवलपरासी जिल्लामा रहेका नयाँ तथा पुराना पथप्रदर्शक गाईडहरुकाे सहभागिता रहेकाे कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका सहायक संरक्षण अधिकृत शान्तबहादुर मगर , लामिचाैर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासुदेव पाैडेल लगायतका व्यक्तिहरुको उपस्थिति रहेकाे थियाे । कार्यक्रममा डि वि चाैधरीले गिद्ध संरक्षणमा भएको प्रयास , चुनाैति र हालसम्मको प्रगतिको वारेमा प्रस्तुति राख्नुभएको थियाे ।
दुईवटा चरणमा गरिएको कार्यक्रमकाे पहिलाे सत्रमा गिद्धकाे अवलाेकन , गणना , प्रजाति चिन्ने तरिकाकाे बारेमा फिल्डमा नै गएर अध्ययन अवलोकन गरिएको थियाे भने दाेस्राे सत्रमा अन्तरक्रिया , विचार तथा संरक्षणमा भए गरेका प्रयासहरु एक आपसमा साटासाट गरिएको थियाे ।
गिद्धले पर्यावरणीयसँगै धार्मिक र सांस्कृतिक महत्त्व बोकेको पाईन्छ । हिन्दू धर्ममा गिद्धलाई शनि देवताको वाहनको रूपमा मानिन्छ । रावणले सीतालाई अपहरण गरी लग्दै गरेको अवस्थामा जटायुले अन्याय सहन नसकेर आफ्नो ठुडले अवरूद्ध गर्दै गर्दा रावणले गिद्धलाई तरबारले काटी घाइते बनाएको थियो । सीताको खोजी गर्दै राम घाइते जटायु भएको स्थानमा पुगेको र जटायुबाट कसले कता लगेको भन्ने विषयमा पुष्टि गर्नमा ठूलो सहयोग पाइएको वर्णन रामायणमा पाइन्छ ।
जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष संरक्षणकर्मी डि वि चाैधरीकाे अध्यक्षतामा भएको साे कार्यक्रमकाे सञ्चालन व्यवस्थापक केवल प्रसाद चाैधरीले गर्नुभएको थियाे ।

Write your Comment