आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

पाँचकिलोमा पहिरो : नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

    प्रकाशित २०७८ भाद्र १८, शुक्रबार (२ साल अघि)


चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको पाँचकिलोमा पहिरो जाँदा बिहानदेखि सडक अवरुद्ध भएको छ ।
बिहीबार रातीदेखि परेको वर्षाले नारायणगढ – मुग्लिङ सडकखण्डको इच्छाकामना गाउँपालिका -६ स्थित पाँचकिलो भन्ने ठाउँमा आज बिहान लेदोसहितको पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
निरन्तर झरी परिरहेकाले पहिरो पन्छाउने काम गर्न सकिएको छैन । सडक सूचारु नभएसम्म आफ्ना सवारीसाधनलाई सुरक्षित स्थानमा पार्कीङ गर्न प्रहरीले अनुरोध गरेको छ ।

Write your Comment