आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

पुर्वपश्चिम राजमार्गको देवदहमा पुल भासियो, सवारी आवागमन ठप्प

    प्रकाशित २०७८ भाद्र ११, शुक्रबार (२ साल अघि)


रुपन्देही। बिहिबार बेलुकादेखि परेको अविरल वर्षातका कारण पुर्व पश्चिम राजमार्गको देवदह – ७ शितलनगर स्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ ।पक्की पुल भासिए पछि सडकको आवागमन ठप्प भएको छ ।
वैकल्पिक व्यवस्था नभए सम्म यातायात सुचारु हुन नसक्ने देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरीक्षक गङाबहादुर सारुले बताए ।
प्रहरीले भासिएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाएको छ । कहि जान आवश्यक भएकाहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

Write your Comment