आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

पहिरोले नारायणगढ – मुग्लिङ सडकखण्ड तथा डाइभर्सन बगाउँदा नारायणगढ – कावासोती सडकखण्ड अवरुद्ध

    प्रकाशित २०७८ भाद्र ११, शुक्रबार (२ साल अघि)


नवलपुर । नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो जाँदा हिजैदेखि अवरुद्ध सडक अझैसम्म खुलेको छैन ।

निरन्तरको वर्षाको कारण भरतपुर महानगरपालिका वडा नम्बर- २९स्थित सेतिदोभान भन्ने स्थानमा ठुलो पहिरो गई दुईतर्फी बाटो बन्द भएको हो । अहिले बाटो खुलाउने प्रयास भैरहेको चितवन ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै नारायणगढ – कावासोती सडकखण्ड पनि हिजो रातिदेखि नै अवरुद्ध छ । गैंडाकोटस्थित थुम्सीमा बाटो बिस्तारका क्रममा बनाइएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको हो । यो सडकखण्डमा रुख पनि ढलेको स्थानीय कल्पना देवकोटाले बताइन् ।

Write your Comment