आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

सिजीको एसी मर्मत गर्दा करेण्ट लागेर देवचुलीका भुसालको गयो ज्यान

    प्रकाशित २०७८ भाद्र ३, बिहिबार (२ साल अघि)

नवलपुर ।सिजी उद्योगमा करेण्ट लागेर एक कर्मचारीको ज्यान गएको छ । आज बिहिवार बिहान करीव ११ वजेको समयमा देवचुली १२ का चक्रपाणी भुसाललाई करेण्ट लागेको ईलाका प्रहरी कार्यालय रजहरका प्रमुख एवं इन्स्पेक्टर नविन थापाले जानकारी दिए ।

चौधरी उद्योगमा ईलेक्ट्रिसियन विभागमा कार्यरत ४० बर्षीय भुसाललाई विजुलीको काम गर्ने क्रममा करेण्ट लागेको प्रहरी निरिक्षक थापाले बताए । “सिजीको वियर प्लाण्टमा एसी मर्मतका लागि अर्का एक जना साथीसँग गएका उनलाई मर्मत गर्ने क्रममा करेण्ट लागेको हो । करेण्ट लागेर घाईते भएपछि सँगै भएका साथीले खवर गरेपछि तुरुन्तै दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र (नगर अस्पताल) पुर्याएकोमा अवस्था गम्भीर रहेकोले भरतपुरस्थित नयाँ मेडिकल कलेज रेफर गरेकोमा अस्पतालले मृत्यु पुष्टि गरेको जनाईएको छ ।
उद्योगको वियर प्लाण्ट गत जेठ १९ गते लागेको आगोलागीवाट क्षति पुगेको थियो ।

Write your Comment