आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

देवचुलीमा स्वास्थ्यकर्मीकाे भत्ता वितरणमा अनियमितता

    प्रकाशित २०७८ भाद्र २, बुधबार (२ साल अघि)


भिम भुसाल ,देवचुली । नवलपुरको देवचुली नगरपालिकामा स्वास्थ्यकर्मीहरुले भत्ता वितरण अस्पष्ट, मनोगढण्ते, अनियमित तथा भेदभावपुर्ण रहेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । नगरपालिकाभित्रका चारओटै स्वस्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिहरुले भत्ता वितरणको आधार, मापदण्ड र विधि स्पष्ट सार्वजनिक गरि स्वास्थ्य शाखा भित्रको मनपरि विकृति र विसंगतीलाई न्युनिकरण गर्न भन्दै ध्यानाकर्षण गराएका हुन् ।
कोरोना नियन्त्रणमा सम्पुर्ण स्वास्थ्यकर्मी समानरुपमा खटिएकाले सोहि अनुरुपको समान भत्ता वितरण, दर्जा जिम्मेवारी अनुरुपको एकरुपता, नियमितता तथा पारदर्शिता आवश्यक रहेको भन्दै नगरपालिकाका मेयर, उपमेयर र प्रमुख प्रशासकिय अधिकृतलाई ध्यानाकर्षण गराएका छन् ।
देवचुली नगरपालिकाले आर्थिक वर्ष ०७७/०७८ को ६ महिनामा कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मिलाई जोखिम भत्ता वितरण गर्ने निर्णय गरेको थियो । सोहि अनुरुप नगरपालिकाले स्वास्थ्य संस्थाका प्रमुखहरुसँग खटिएका कर्मचारीको विवरण माग गरेको र सोहि अनुसार नै भत्ता वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देलले जानकारी दिनुभयो ।
नगरपालिकाले स्वास्थ्य शाखामा कार्यरत ३ जना कर्मचारी, चार स्वास्थ्य संस्थाका प्रमुख, ल्याव कर्मचारी तथा सुरक्षा गार्डलाई जोखिम भत्ता वितरण र अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशतले भत्ता वितरण गरेको नगरपालिकाले जनाएको छ ।
स्वास्थ्य संस्थामा कार्यरत स्वस्थ्यकर्मिहरुले नै भत्ता वितरणमा पारदर्शिता नभएको भन्दै ध्यानाकर्षण गराएपछी नगरपालिकाले विषयगत समितिलाई छानविनको जिम्मा दिएको छ । ६ जनाको छानविन समितिले स्वास्थ्यकर्मीका गुनासो र अनियमितता सम्वन्धमा प्रतिवेदन पेश गर्नुपर्ने छ ।

 

Write your Comment