आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024 Search
FLASH NEWS

कोभिडको जोखिम घटाउन ‘तपाईंको माक्स खै ?’

    प्रकाशित २०७८ श्रावण २९, शुक्रबार (२ साल अघि)


दयाराम आचार्य, कावासोती ।
कोभिडको जोखिम कायम रहिरहदा माक्स प्रयोग गर्नेहरुको संख्या भने घट्दै गएको छ । माक्स नलगाउदा जोखिम झन बढेको भन्दै माक्स लगाउन उत्प्रेरित गर्ने उदेश्यले कावासोतीमा ‘तपाईंको माक्स खोई ?’ कार्यक्रम गरिएको छ । पैदलयात्रु , सवारी चालक , सवारीमा सवार यात्रु लगायतलाई माक्स प्रयोग गर्न सचेत गराउन जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर ,जिल्ला प्रहरी कार्यालय नवलपुर र कामना सेवा विकास बैंक कावासोतीको सहकार्यमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा माक्स नलगाएकालाई कोभिडको जोखिम रहेकाले अनिवार्य माक्स प्रयोग गर्न सचेत गराईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख नारायण थापाले बताउनुभयो । कोभिड १९ को जोखिम रहिरहेकाले भिडभाडमा जाँदा ,सार्वजनिक स्थानहरुमा जाँदा कोभिडबाट जोगिन अनिवार्य माक्स लगाउन आवश्यक रहेकाले सचेत गराईएको र माक्स समेत वितरण गरिएको प्रमुख थापाले बताउनुभयो ।

बैंकको सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै माक्स वितरण तथा सचेतना मुलक कार्यक्रममा आफुहरुले सहकार्य गरेको कामना सेवा विकास बैंक कावासोती शाखाका प्रमुख श्याम सुवेदीले बताउनुभयो ।

Write your Comment