आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

‘नगरको विकास र शुसासनमा युवा र युवाक्लबहरुको भुमिका´ विषयक अन्तरक्रिया कावासोतीमा सम्पन्न

    प्रकाशित २०७८ श्रावण २७, बुधबार (२ साल अघि)


कावासोती । अन्तर्राष्ट्रिय युवा दिवस २०७८ दिवसको अवसर पारेर ‘नगरको विकास र शुसासनमा युवा र युवाक्लबहरुको भुमिका विषय’ अन्तरक्रिया तथा बिचार गोष्ठी बुधबार कावासोतीमा भएको छ ।
नगर युवा संजाल कावासोतीको आयोजना तथा कावासोती नगरपालिकाको सहयोग साथै समन्वयको रूपमा जिल्ला युवा समिति नवलपुर , जिल्ला खेलकुद विकास समिति नवलपुर , जागृती बाल तथा युवा सरोकार नेपाल, नेपाल स्काउट कावासोती नगर रहेको थियो ।सो कार्यक्रममा बोल्ने वक्ताहरुले देशको विकास युवाहरुद्धारा नै सम्भव रहेकाले युवाका लागि लगानी आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले नगरको समग्र विकास र शुसासनमा युवाको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले युवाहरुलाई सिपमुलक तालिम तथा विभिन्न कार्यक्रम मार्फत् नगरपालिकाले सम्बोधन गरेको बताउनुभयो । युवा शक्तिले चाहेमा जूतोसुकै काम गर्न सक्ने भन्दै उहाँले युवाहरु कुनै न कुनै उद्यममा जोडिनुपर्नेमा जोड दिनुभयो । साथै काम गर्ने निकायलाई जवाफदेही बनाउन युवाहरुले निगरानी गर्नुपर्ने र शुसासन कायम गर्न अग्रसर बन्नुपर्ने बताउनुभयो ।
सो कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले युवा, युवाको विकास र राष्ट्रिय युवा नीति, युवा क्लबको भुमिकाका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रममा वडा नं. ३ का अध्यक्ष अमृत कुमार श्रेष्ठ , अध्यक्ष जिल्ला युवा समिति नवलपुरका अध्यक्ष हिमाल सिंह ठकुरी , नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारी लगायत १७ वटै वडाका युवा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।कार्यक्रम नगर युवा संजाल कावासोतीका अध्यक्ष खड्गमान मानन्धर (नविन) को अध्यक्षतामा भएको थियो ।युवा सञ्जालको तर्फबाट नगर युवा सञ्जालको अवस्था , गरेका काम र भावी योजना तथा कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा संजालका उपाध्यक्ष उत्सव खरालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
यस वर्ष “खाद्य प्रणालीमा रुपान्तरण मानव र भूमण्डलीय स्वास्थ्यका युवा नवप्रवर्तन“ भन्ने नारा सहित अन्तराष्ट्रिय युवा दिवस बिहिबार मनाईदै छ ।

Write your Comment