आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024 Search
FLASH NEWS

कक्षा १२ को परीक्षा स्थगित

    प्रकाशित २०७८ श्रावण २३, शनिबार (२ साल अघि)


काठमाडौं । कक्षा १२ को परीक्षा स्थगित भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) को आज बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
अब हुने परीक्षा १५ दिन अगाडि सूचना निकालेर जानकारी दिइने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताए ।

परीक्षा बोर्डले कक्षा १२ को परीक्षा यही साउन ३१ गतेदेखि ९ दिनसम्म गर्ने सबै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्ने योजना बनाएको थियो ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण फेरि फैलन थालेपछि शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

Write your Comment