आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

दुम्कीबास प्रहरीद्वारा ५० थान चिरान काठ सहित दुई जना पक्राउ

    प्रकाशित २०७८ श्रावण २३, शनिबार (२ साल अघि)


तिर्थराज डुम्रे, नवलपुर । दुम्कीबास प्रहरीले आज बिहान ५० थान अवैध चिरान काठ सहित दुई जनालाई पक्राउ गरेको छ । नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ को होङसी सिमेण्ट उद्योग जाने बाटोबाट प्रहरीले ना ३ च ६६०२ नम्बरको पिक अप जिपमा उत्तरबाट दक्षिण तर्फ ल्याउदै गरेको ५० थान अवैध सालको चिरान काठ सहित सवारी मध्यविन्दु नगरपालिका–२ बस्ने वर्ष २५ को अम्मर ब.थारु र सहचालक कावासोती नगरपालिका.–१५ बस्ने वर्ष २४ को सुरेश चौधरी लाई पक्राउ गरेको हो ।
५ फुट लम्बाई, ४ ईन्च चौडाई, ३ ईन्च उचाई भएको साल जातको काठ ३० थान र ७ फुट लम्बाई, ४ ईन्च चौडाई र ३ ईन्च उचाई भएको २० थान गरी जम्मा ५० थान अवैध काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो । बरामद गरिएको काठ र पक्राउ परेका व्यक्तिहरु अहिले इलाका प्रहरी कार्यालय दुम्कीबासमा रहेको र उनीहरुलाई आवश्यक कारवाहीका लागि वन कार्यालय बुझाईने डिएसपी गिरीले बताउनुभयो ।

Write your Comment