आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

ओलीले सपना मात्र बाँड्नुभयो– डा. कोइराला

    प्रकाशित २०७८ श्रावण २२, शुक्रबार (२ साल अघि)


नवलपुर । नवलपुरको कावासोतीमा आज खुसु फाउण्डेशन उद्घाटन सेरमोनि तथ एम्बुलेन्स हस्तान्त्रण कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसका महामन्त्री एवं नवलपुर क्षेत्र नं. १ का संघीय सांसद डा. शशांक कोइरालाले काँग्रेसको महाधिवेशन मंसीरमा सर्न सक्ने बताएका छन् । कार्यक्रममा महामन्त्री कोइरालाले तोकिएको मितिमा महाधिबेशन असम्भव नभएकाले मंसीर महिनातिर सर्न सक्ने बताएका हुन् । उनले कांग्रेसको अव हुने चौथो महाधिवेशन एकताको महाधिवेशन होस् भन्ने आफ्नो चाहना रहेको बताए ।

नेपाली काँग्रेस गुट उपगुटमा विभाजन नहुने हो भने कसैमा कांग्रेसलाई हराउन सक्ने तागत नरहेको डा. कोइरालाको जिकिर रहेको छ ।
कोइरालाले बहुदलपछिको २०४८ देखि ५१ सालसम्मको गिरीजाप्रसाद कोइरालाले नेतृत्व गरेको सरकार मात्रै बिकासको स्वर्णिम काल भएको दावी गरे ।उनले ओलीका पालामा विकास नभएको टिप्पणी गरे । बरु, ओलीले सपना मात्र बाँडेको बताए । “नेपालमा ४८ सालदेखी ५१ सालसम्म विकासको दृष्टिमा स्वर्णिम काल रह्यो । केपी ओलीजीको पालामा पनि भएन । खाली सपना मात्र बाँड्नुभयो । रेलका, ग्याँसका, हावाको विजुलीका कुरा गरेर सपना देखाउनुभयो”–उनले भने ।

प्रजातन्त्र सेनानी स्वर्गीय खुसीराम पाण्डे र धर्मपत्नी सुमित्रा पाण्डेको स्मृतिमा स्थापित खुसु पाण्डे फाउण्डेशनका अध्यक्ष विष्णुदेवी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेसन उद्घाटनकै दिन फाउण्डेशनले नेपाल रेडक्रस सोसाईटी नवलपुरलाई एउटा एम्बुलेन्स प्रदान गरेको छ । प्राप्त एम्बुलेन्स रेडक्रस सोसाईटीका जिल्ला सभापति मदनभक्त अधिकारीले ग्रहण गरे । फाउण्डेसनका अध्यक्ष पाण्डेले स्वर्गीय माता–पिताको स्मृतिमा स्थापना गरिएको संस्थाले स्वास्थ्य, शिक्षा लगायत सामाजिक कार्यमा काम गर्ने प्रतिवद्धता जनाईन् ।

Write your Comment