आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

नवलपुरमा ७८ लाख बराबरको मोबाइल बरामद, २ जना पक्राउ

    प्रकाशित २०७८ श्रावण २२, शुक्रबार (२ साल अघि)

नवलपुर । नवलपुर प्रहरीले ५ सय ९५ थान मोबाइल बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय दुम्किबासको टोलिले दुम्किबास प्रहरी चौकी अगाडी चेकजाँच गर्ने क्रममा प्रहरीले भारतबाट भन्सार छलेर लैजादै गरेको अवस्थामा ७८ लाख बराबरको ५ सय ९५ थान मोबाइल नारायणगढ–बुटवल सडकखण्ड अन्तरगत पर्ने पूर्वी नवलपरासीको दुम्किवासबाट बिहीबार राति बरामद गरेको हो ।
कारमा लैजाँदै गरेका मोबाइलसहित दुई जना व्यक्तिहरुसमेत पक्राउ परेका छन्। प्रदेश ३–०१–०२३ च ५५४४ नम्बरको कारमा लैजाँदै गरेको मोबाइलसहित भरतपुर महानगरपालिका–८ बस्ने अर्जुन ढकाल र सोही महानगरपालिका–२१ बस्ने इन्द्रलाल श्रेष्ठ पक्राउ परेको हुन् ।
पक्राउ परेका कार र व्यक्तिहरुसहित मोबाइललाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

Write your Comment