आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकाको विशेष नगरसभा सम्पन्न

    प्रकाशित २०७८ श्रावण २१, बिहिबार (२ साल अघि)


राजु चापागाई,देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको विशेष नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा बिहिवार भएको विशेष नगरसभाले आर्थिक वर्ष २०७८/०७९ को सम्पतिकर र मालपोत तथा भुमिकर सम्बन्धि राजस्वको दररेट संशोधन तथा स्थानीय निकायमा कर्मचारीहरुको बढुवा सम्बन्धि विधेयक पारित गरेको छ ।
देवचुली नगरपालिका उप प्रमुख पार्वता तिवारीद्वारा प्रस्तुत दररेटलाई कार्यपालिका सदस्यबीच छ्लफल गरि पारित गरिएको हो । आर्थिक वर्ष २०७८/७९को लागि देवचुली नगरपालिकाले जग्गाको मूल्यांकनको थैली रकम मालपोत कार्यालयले तोके अनुसार कायम गर्ने भएको छ । मालपोत कार्यालय कावासोतीको रजिष्ट्रेशन कायम गरेको भन्दा देवचुली नगरपालिकाको मूल्यांकन रकम अन्य स्थानीय तहभन्दा बढी देखिन आएको जनप्रतिनिधि लगायत स्थानीय नगरबासीहरुसमेतबाट गुनासो आएकोले नगरसभाबाट सो सम्बोधन गर्नका लागि विशेष नगरसभा गरिएको देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले बताउनुभयो । विशेष नगरसभाले नगरपालिकामा साविक बमोजिम तिरी आए बमोजिमको कर , तिरो,दस्तुर कायम गर्न र नयाँ करदाताको हकमा मालपोत कार्यालयबाट कायम दररेटलाई आधार मानी सम्बन्धित स्थानको मूल्यांकन अनुसारको रकम कायम गरि सम्पति कर, मालपोत तथा भुमिकर सम्बन्धि राजस्वको दररेट सर्वसम्मत पारित गरेको छ ।

विशेष नगरसभामा विधेयक विधायन समितिका संयोजक दिनानाथ भुसालद्वारा प्रस्तुत स्थानीय निकायमा कर्मचारीहरुको बढुवा सम्बन्धि विधेयक समेत पारित भएको छ । स्थानीय निकायका कर्मचारीहरुको बढुवाका लागि दरबन्दी स्वीकृत गरि साविक पदाधिकार रहेको पदलाई नै स्वत: एक तह माथिल्लो पद कायम गर्ने गरि पाँचौं देखि सातौं तहका ७ पदहरुको दरबन्दी स्वीकृत भएको विधेयक सर्वसम्मत पारित भएको हो ।
देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठको सभापतित्वमा भएको विशेष नगरसभामा देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारी , प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल ,नगर कार्यपालिका सदस्यहरु, कर्मचारीहरु तथा पत्रकारहरुको उपस्तिथि रहेको थियो ।

Write your Comment