आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

साउन ८ देखि १२ गतेसम्म नवलपुरमा जोन्सन एण्ड जोन्सन खोप लगाईने

    प्रकाशित २०७८ श्रावण ५, मंगलबार (२ साल अघि)


नवलपुर । नवलपरासी (पूर्व)मा अमेरिकाले उपलव्ध गराएको कोभिड -१९ विरुद्धको जोन्सन एण्ड जोन्सन खोप साउन ८ देखि १२ गतेसम्म लगाईने भएको छ ।जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको आज बसेको बैठकले साउन ८ गतेदेखि १२ गतेसम्म खोप लगाउने निर्णय गरेको हो ।
स्वास्थ्य कार्यालय नवलपरासी(पूर्व)का प्रमुख केशव प्रसाद चापागाईले जिल्लाका स्थानीय तहहरुलाई ८ गतेदेखि १२ गतेको समयावधिभित्र खोप लगाउन आग्रह गरिएको बताउनु भयो ।जिल्लामा प्राप्त भएको १५ हजार ७० डोज खोप लक्षीत वर्गलाई मात्रै दिईने भएको छ ।
खोप लगाउनका लागि ५० देखि ५४ वर्ष उमेर भित्रका नेपाली नागरिकले उमेर खुल्ने सरकारी कागजात अनिवार्य रुपमा पेश गर्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

पूर्ण र अतिअसक्त (क र ख वर्ग) को अपागंता परिचपत्र भएका व्यक्तिलाई पनि जोन्सन खोप लगाईने कार्यालयले जनाएको छ । त्यसैगरी जिल्लामा बसोबास गरिरहेका शरणार्थीहरु, हालसम्म कोभिड १९ खोप नलिएका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुले परिचयपत्र देखाएर खोप लगाउन सक्नेछन ।

कार्यालयका अनुसार जोन्सन खोप लगाउन अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिकहरुलाई भिसा र टिकटको प्रतिलिपिका आधारमा खोप दिईने निर्णय भएको छ ।लक्षीत वर्ग बाहेक कसैले खोप केन्द्रमा गई भिडभाड नर्गन कार्यालयले आग्रह गरेको छ । खोप केन्द्रमा अनावश्यक दवाव दिने र अवरोध गर्ने प्रयास गरे सुरक्षाकर्मी तथा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ ।

Write your Comment