आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा एक वर्षमा ४६ जनाले ज्यान गुमाए

    प्रकाशित २०७८ श्रावण ५, मंगलबार (२ साल अघि)


ज्ञानु पंगेनी, कावासोती । पूर्वी नवलपरासीमा एक वर्षको अवधीमा सवारी दुर्घटनामा परि ४६ जनाले ज्यान गुमाएका छन् ।
गत वर्ष २०७७/०७८ मा भएको एक सय ३२ सवारी दुर्घटनामा परेर उक्त संख्यामा ज्यान गुमाएका हुन् ।
ज्यान गुमाउनेमा सबैभन्दा बढि पुरुष ४० जना रहेका छन् । भने, महिला चार जना र ज्यान गुमाउने बालकको संख्या दुई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीको तथ्याङ्कमा उल्लेख छ ।
दुर्घटनामा परि गम्भिर घाईते हुनेमा एक सय ३५ जना छन् । गम्भिर घाईते हुने पुरुषको संख्या एक सय छ । यस्तै गम्भिर घाईते महिलाको संख्या २० र बालकको संख्या ८ र बालिकाको संख्या ७ रहेको छ । यसैगरि सामान्य घाईते हुनेको संख्या ८५ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
गत वर्ष ८६ वटा मोटरसाईकल दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकारी पदम बडुले जानकारी दिनुभयो । त्यसपछि जिपकार २६ , ट्रक टेङ्कर २३ , ट्याक्टर १५ , बस १३ , टेम्पो १० , साना सवारी ८ , टिपर ५ , माईक्रो ३ र अन्य एउटा गरेर गत वर्ष जिल्लामा एक सय ९० वटा सवारी दुर्घटनामा परेको बडुले बताउनुभयो ।
सबैभन्दा बढि दुर्घटनामा पर्ने मोटरसाईकल रहेको छ । दुर्घटना पर्नेमा अधिकाशं पुरुष छन् । भने, त्यसमा पनि धेरैजसो युवाले ज्यान गुमाउने गरेको उहाँ बताउनुहुन्छ । दुर्घटनाको मुख्य कारणमध्ये एक चालकको लापरवाही हो । युवा पुस्ताहरुले बढि स्पीडमा हाक्ने , मोवाईलफोनको प्रयोग गर्ने , जस्तोठाउँमा पनि ओभरटेक गर्ने गर्दा मोटरसाईकल बढि दुर्घटनामा पर्ने गरेको पाईएको उहाँ बताउनुहुन्छ ।
यसैबीच गत वर्ष जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीले एक करोड ११ लाख ५४ हजार ५ सय रुपिँया राजश्व संकलन गरेको छ । विभिन्न सवारी साधन गरि १८ हजार १ सय ४५ वटा सवारी कारवाहीबाट उक्त रकम राजश्व संकलन भएको हो ।

Write your Comment