आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नवलपुरको विकासमा सकेको योगदान गर्नेछु: मुख्यमन्त्री पोखरेल

    प्रकाशित २०७८ श्रावण ३, आईतबार (३ साल अघि)


नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताएका छन् ।

मुख्यमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला नवलपुर आएका उनले आफूलाई मुख्यमन्त्री बनाउन योगदान गर्ने नवलपुरबासीलाई बधाई समेत व्यक्त गरे ।

उनले भने – नवलपुरबासीले नै निर्वाचनमा आफुलाई जिताएर मुख्यमन्त्री बनाउन गरेको योगदानको कदर गर्दै आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्नेछु ।

नेपाली कांग्रेस प्रदेश क्षेत्रिय समिति क्षेत्र नं. १ क नवलपुरको आयोजनामा गैँडाकोट १३ मा भएको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।
दुई दिने बसाईका क्रममा जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रम तय गरिएको छ ।

Write your Comment