आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

देवचुली नगरपालिकाका ३५८० जनाले लगाए भेरोसेल खोप

    प्रकाशित २०७८ श्रावण २, शनिबार (२ साल अघि)

देवचुली, २ साउन ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पहिलो र दोस्रो दिन गरि दिन ३ हजार ५ सय ८० जनाले कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाएका छन् । देवचुली नगरपालिकाका ४ वटा स्वास्थ्य संस्थाका ८ वटा खोप केन्द्रमार्फत शुक्रबार र शनिबार भेरोसेल खोपको पहिलो मात्रा लगाइएको हो ।

शुक्रबार र शनिबार दुई दिन संचालन भएको खोप कार्यक्रममा देवचुली नगरपालिकाको दुम्कौली अस्पतालमा ५ सय २८ महिला र ६ सय ५१ पुरुष गरि १ हजार १ सय ७९ जना, देवचुली स्वास्थ्य चौकीमा २ सय ९९ महिला र २ सय ९९ पुरुष गरि ५ सय ९८ जना, प्रगतिनगर स्वास्थ्य चौकीमा ५ सय ९७ महिला र ६ सय ३ पुरुष गरि १ हजार २ सय जना र रजहर स्वास्थ्य चौकीमा २ सय ९५ महिला र ३ सय ८ पुरुष गरि ६ सय ३ जना सहित जम्मा १७१९ महिला र १८६१ पुरुष गरि ३ हजार ५ सय ८० जनाले पहिलो मात्रा भेरोसेल खोप लगाएका देवचुली नगरपालिकाका सिनियर अहेव अधिकृत शिव पराजुलीले बताए ।

पराजुलीका अनुसार देवचुली नगरपालिकामा देवचुली १ देखि ५ वडाका लक्षित समूहलाई दुम्कौली अस्पताल, देवचुली ६ देखि ९ वडाका लक्षित समूहलाई देवचुली स्वास्थ्य चौकी, देवचुली १० देखि १५ वडाका लक्षित समूहलाई प्रगतिनगर स्वास्थ्य चौकी र देवचुली १६ र १७ वडाका लक्षित समूहलाई रजहर स्वास्थ्य चौकीमा खोप लगाईएको थियो।

नगरपालिकाले यसपटक ५५ वर्ष भन्दा माथिका, विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारीहरु, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरु, यसभन्दा अगाडि पहिलो मात्रा लगाएका र दोस्रो मात्रा लगाउन छुट भएका व्यक्तिहरु र सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकलाई खोप लगाएको हो ।

देवचुली नगरपालिकालाई २ हजार ६ सय १० डोज खोप प्राप्त भएतापनि आज १००० डोज खोप थप भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Write your Comment