आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

कावासोती ५ नं. ले सुरु गर्‍यो आफ्नै कार्यालय भवनबाट सेवा

    प्रकाशित २०७८ श्रावण १, शुक्रबार (२ साल अघि)

ज्ञानु पंगेनी, नवलपुर । कावासोती नगरपालिका वडा नं. ५ ले आजबाट आफ्नै कार्यालय भवनबाट सेवा सुरुवात गरेको छ ।
कावासोती वडा नं. ५ को भवनको आज एक कार्यक्रमकाबीच उपप्रमुख प्रेम शंकर मर्दनीयाले उद्घाटन गर्नुभएको छ । उहाँले स्थानीय सरकार आएपछि जनतालाई प्रशासनिक कामका लागि सहज होस् भन्ने उदेश्यले काम गरिरहेको बताउनुभयो । ५ मा सबैलाई पायक पर्ने स्थानमा आफ्नै वडा कार्यलय स्थापना गरिएको बताउँदै उहाँले कावासोतीका वडा कार्यलय भवन नभएका वडाहरु लगभग सबैको कार्यलय भवन बन्ने क्रममा रहेको बताउनुभयो । जनतालाई विकासको प्रत्याभुत हुने गरि नगरपालिकाले काम गर्न लागि परेको भन्दै उहाँले सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।
वडा नं. ५ का अध्यक्ष हरि बास्तोलाले अब आफ्नै वडाको भवनबाट सेवा दिन पाउँदा खुसी लागेको बताउनुभयो । आफ्नै भवन भएपछि प्रशासनिक काममा धेरै सहज हुने भन्दै उहाँले वडाबाट हुने कामहरुलाई छिटोछरितो रुपमा प्रदान गर्ने कुरामा आफुहरु नचुक्ने बताउनुभयो ।
कार्यक्रम वडा अध्यक्ष वास्तोलाको अध्यक्षता तथा उपप्रमुख मर्दनीयाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वडा नं. ४ का अध्यक्ष रमाकान्त चापागाईं , प्रमुख प्रशसकिय अधिकृत रमेश घर्ती लगायतको सहभागिता रहेको थियो ।

Write your Comment