आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

देवचुलीका उत्कृष्ट स्वास्थ्यकर्मीहरु र स्वास्थ्य संस्था सम्मानित

    प्रकाशित २०७८ अषाढ २९, मंगलबार (२ साल अघि)


देवचुली । पुर्वी नवलपरासीको देवचुलीमा स्वास्थ्यकर्मीहरु र स्वास्थ्य संस्थालाई सम्मान गरिएको छ । देवचुली नगरपालिकाको स्वास्थ्य शाखाद्वारा स्वास्थ्यकर्मीहरु र स्वास्थ्य संस्थालाई सम्मान गरेको हो ।सोमबार देवचुली नगरपालिकाका नगर प्रमुख पूर्ण कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको हो ।

स्वास्थ्यकर्मीहरुको वर्षभरिको कामको मुल्याङ्कन गरि स्वास्थ्यकर्मी तथा राम्रो काम गर्ने स्वास्थ्य संस्थालाई सम्मान गरिएको हो । सर्वाेत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सि.अ.हे.व अधिकृत रजहर स्वास्थ्य चौकीका वेद बहादुर दाहाल, उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सि.अ.हे.व अधिकृत देवचुली स्वास्थ्य चौकीका लिला प्रसाद काफ्ले, सि.अ.ना.मी नसिंङ्ग निरिक्षक प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीका सिता न्यौपाने, अ.न.मी प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीका सर्मिला थनेत र सि.अ.हे.व प्रगतिनगर स्वास्थ्य चौकी धारापानीका लिला डुम्रे तथा देवचुली नगरपालिका भित्रको उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा रजहर स्वास्थ्य चौकीलाई सम्मान गरिएको देवचुली स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

सर्वाेत्कृष्ट हुने स्वास्थ्कर्मीलाई १० हजार प्रमाणपत्र, उत्कृष्ट हुने स्वास्थ्यकर्मी तथा संस्थालाई जनही ५/५ हजार प्रमाण पत्र, खादा ओडाएर सम्मान गरिएको श्रेष्ठले बताउनुभयो । स्वास्थ्यकर्मीहरुले वर्षभरि गरेको मेहेनतलाई उच्च सम्मान गर्दै आगामी दिनमा थप हौसला प्रदान गर्नका लागि सम्मान गरिएको श्रेष्ठले बताउनुभयो ।

नगर प्रमुख पुर्ण कुमार श्रेष्ठले नगरपालिका भित्र रहेका स्वास्थ्यकर्मीहरुले दिनुभएको योगदानको उच्च सम्मान गर्नुपर्ने बताउनुभएको थियो ।

Write your Comment