आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

कावासोतीमा एकतर्फी सवारी सञ्चालन

    प्रकाशित २०७८ अषाढ २५, शुक्रबार (२ साल अघि)


ज्ञानु पंगेनी, कावासोती । पूर्वपश्चिम राजमार्ग अन्तर्गत  कावासोती–२ मा सडक भासिदा अवरुद्ध बनेको सडक ड्राइभर्सन निर्माण गरेर एकतर्फी सञ्चालन आएको छ ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी दिलिप कुमार गिरीले दिनुभएको जानकारी अनुसार शुक्रबार दिउँसो २ बजेबाट सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
कावासोतीको २ स्थीत हाट बजार नजिकैको खोल्सामा सडक भासिएको हो । बिहीबार बिहान ८ बजेदेखि अबरुद्ध बनेको सडक ३० घण्टापछि एकतर्फी रुपमा सञ्चालनमा आएको हो । अविरल वर्षाका कारण खोल्सामा पानीको बहाव बढ्दा ह्युमपाईप समेत बगाएर सडक भासिएएर सडक उच्च जोखिम भएपछि जेसिभिले बाँकी भाग भत्काएर डााइभर्सन निर्माणको काम शुरु गरिएको थियो । सडकको मुनीको माटो सबै झरेर पिच मात्रै बाँकी रहेपछि सडक भत्काइएको थियो ।
राजमार्ग भासिएपनि हलुका सवारी भने राजमार्गको दक्षिण र उत्तर तर्फ रहेका भित्री सडकबाट आवतजावतको व्यवस्था गरिएको थियो । तर ठूला सवारी साधन सडकमै लाम लागेका छन् । एकतर्फी मात्रै सञ्चालनमा आएकाले र सवारीको लामो लाइन भएका कारण सवारी पास हुन पनि अलि समय लाग्ने गिरीले बताउनुभयो । वर्षा रोकिएकाले रोकिएका सवारी पास भएपछि डाइभर्सन राम्रो बनाएर दुईतर्फी नै सञ्चालनमा ल्याईने उहाँले जानकारी दिनुभएको छ ।
लगातारको वर्षका कारण नवलपरासी पूर्वको विभिन्न स्थानमा सडक भत्कीने तथा भासिने र डाइभर्सन बगाउने गरेको छ । गैंडाकोट , दाउन्ने क्षेत्रमा पनि वर्षा हुनासाथ डाइभर्सन बगाउने र पहिरो जाने समस्याले गर्दा विभिन्न समयमा राजमार्ग अवरुद्ध हुदै आएको छ । जसले गर्दा यात्रुले निकै सास्ति पाएका छन् ।

Write your Comment