आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

कावासोतीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग अझै खुलेन

    प्रकाशित २०७८ अषाढ २५, शुक्रबार (२ साल अघि)

देवचुली । नवलपुरको कावासोतीमा बाढीले पुर्‍याएको क्षतिका कारण हिजो बिहानदेखि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै सन्चालनमा आउन सकेको छैन ।
डिभिजन वन कार्यालय कावासोती अगाडिको कल्भर्ट बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो । हाल सो स्थानमा ह्युमपाइप राखेर ग्राबेल गरेर मर्मतको काम भइरहेको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए । आजैबाट राजमार्ग सुचारु गराउने गरी काम भइरहेको उनले बताए ।बाटो अवरुद्ध भएपछि सयौं गाडीहरु बीच बाटोमै रोकिएका छन् ।
पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएपछि डिभिजन वन कार्यालय नजिकबाट दक्षिणतर्फ रिठ्ठे पानी हुँदै लोकाहा पुल निस्किने घुमाउरो कच्ची बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

Write your Comment