आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

नारायणगढ-मुग्लिङ सडकखण्ड एकतर्फी रूपमा सञ्चालन

    प्रकाशित २०७८ अषाढ २५, शुक्रबार (२ साल अघि)


चितवन । बेलाबेलामा अवरुद्ध हुँदै आइरहेको नारायणगढ-मुग्लिङ सडकखण्ड एकतर्फी रूपमा खुलेकाे छ ।

भरतपुर महानगरपालिका-२९ स्थित सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै आज बिहान साढे ५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हाे । पहिराेका कारण राेकिएका सवारी साधन सडक खुलेसँगै गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

बुधबार राति १० बजे पहिराे खसेर अवरुद्ध भएकाे साे सडक बिहीबार केहीबेर खुलाइएकाे थियाे । तर एकछिनमै पहिराे खसेर सडक पुन: अवरुद्ध भएकाे थियाे ।
करिब एक साता यता साे सडकखण्डमा पटकपटक पहिराे खसेर सडक अवरुद्ध हुँदै आएकाे छ ।

Write your Comment