आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024 Search
FLASH NEWS

गैडाकोटकी २१ वर्षिया विना सापकोटा ८ दिनदेखि बेपत्ता:खोजिकार्य जारि

    प्रकाशित २०७८ अषाढ २२, मंगलबार (२ साल अघि)


नवलपुर । गैडाकोट-४ की २१ वर्षिया विना सापकोटा ८ दिनदेखि बेपत्ता भएकी छिन । असार १४ गते रातिदेखि बेपत्ता उनको खोजीकार्य जारी रहे पनि कुनै सुराक प्राप्त गर्न नसकेको प्रहरीले जानकारी दिएको छ ।बिनाका ५० वर्षीय बुबा जायेश्वर सापकोटाले लगातार खोजि गर्दासमेत छोरी फेला पार्न नसकेको बताए ।उनले चितवन र गैंडाकोट प्रहरीलाई खबर गरेका गरेको बताउदै अहिले सम्म कुनै जानकारी पाउन नसकेको बताएका छन् ।
गैडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष अध्ययनरत बिना आधि घण्टामै फर्केर आउँछु भन्दै साथीसँग घरबाट निस्केकी थिइन् । १४ गतेकै राति साथीको मोबाइलबाट अन्तिम पटक परिवारसँग सम्पर्क भएका थियो ।अनुसन्धानका क्रममा प्रहरीले भरतपुरका एकजना युवालाई नियन्त्रणमा लिएको छ । गैडाकोट प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले एक जनालाई सोही दिन पक्राउ गरेर चितवन प्रहरीलाई बुझाइएको बताइन् ।गैडाकोटकि ति युवती भए पनि चितवनबाट हराएकाले चितवन प्रहरीले यस बिषयमा अनुसन्धान गरिरहेको बताउदै उनले कतै लुकेर बसेकी छन् कि भनेर आफुहरुले आसपासमा सबैतिर खोजिरहेका बताइन।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी सूर्यबहादुर थापाले पक्राउ परेका युवा बिनाका प्रेमी भएको खुलेको बताए ।

Write your Comment