आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

माहाराजा सामुदायिक वनद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

    प्रकाशित २०७८ अषाढ २२, मंगलबार (२ साल अघि)

देवचुली । महाराजा सामुदायिक वनद्वारा आयोजित वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । समुहले वनको पहुँच मार्ग का दुवै किनारामा फलफूल जातका बिरुवा रोपण गरेको छ । विभिन्न जातका फलफूल एभोकाडो , कटहर,आपँ ,अम्बा,लिचि र कागतीका २०० बिरुवा कार्यालय परिसर र पहुँच मार्ग गरि दुई स्थानमा लगाईएको हो ।
बार्षिक कार्यक्रम अन्तगर्त वन संरक्षण र संर्वद्धन कार्यक्रमलाइ निरन्तरता तथा वनमा फलफूलका बिरुवा लगाई वन हरियाली बनाउनुका साथै आम्दानीको स्रोत बढाउने उदेश्यले फलफूलका बिरुवा लगाइएको अध्यक्ष गनबहादुर रानाले बताउनुभयो । रानाका अनुसार रुख जातका चाप ,टिकका बिरुवा( ७०० वटा ) हातेमालो घाँस बिकास समूहलको सहयोगमा लगाउन शुरु गरिएको छ ।

वृक्षारोपण कार्यक्रम सबडिभिजन वन कार्यालय कोटटाँडीका सहायक वन अधिकृत शिशिर लम्सालको प्रमुख आतिथ्यता तथा समुहका अध्यक्ष गनबहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको थियो । साथै कार्यक्रममा सबडिभिजन वन कार्यालय कोटटाँडीका फरेस्टर श्री मधुसुधन लामिछाने ,कार्यसमितिका पदाधिकारीहरु,उपसमिति पदाधिकारीहरु ,कर्मचारीहरुको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रमको सञ्चालन समुहकी सचिव गोमादेवी घिमिरेले गर्नुभएको थियाे ।

Write your Comment