आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

प्राकृतिक चिकित्सालयका अध्यक्ष सहित १६ जना नेपाली कांग्रेसमा प्रवेश

    प्रकाशित २०७८ अषाढ २२, मंगलबार (३ साल अघि)


देवचुली । सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका अध्यक्ष सन्तबहादुर क्षेत्री सहित १६ जना व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार देवचुली वडा नं १६ प्राकृतिक चिकित्सालयमा नेपाली काँग्रेस देवचुली नगर कार्यसमितिको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा १७ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस प्रवेश गरेका १६ जना नवआगन्तुकहरुलाई संविधान सभा सदस्य महेन्द्रध्वज जिसीले अबिर र खादा लगाएर स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस देवचुली नगर कार्य समितिका सभापति पूर्णकुमार श्रेष्ठको अध्यक्षता रहेको थियो भने संविधान सभा सदस्य महेन्द्रध्वज जिसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा क्षेत्र नम्बर १ क का प्रदेश सभापति खेम सापकोटा, तरुण दलका पूर्व जिल्ला अध्यक्ष अमृत भट्टचन नेपाली काँग्रेस देवचुली नगर कार्य समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

Write your Comment