आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024 Search
FLASH NEWS

लायन्स क्लब अफ नारायणगढ बालकुमारीको आन्तरिक पद हस्तान्तरण कार्यक्रम सम्पन्न 

    प्रकाशित २०७८ अषाढ १९, शनिबार (२ साल अघि)


चितवन । लायन्स क्लव अफ नारायणगढ बालकुमारीले आन्तरिक पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ । दियालो फुड ल्याण्डमा सम्पन्न उक्त कार्यक्रम वर्ष २०२०–२०२१ का अध्यक्ष लायन ईन्जिनियर हरिराम पौडेलले वर्ष २०२१–२०२२ का अध्यक्ष लायन ध्रुव प्रसाद पौडेललाई पदको हस्तान्तरण गर्नुभएको थियो । विश्व नै कोभिड–१९को महामारीले आक्रान्त भएको यस विषम परिस्थितिमा क्लवले औपचारिक रुपमा पद हस्तान्तरण गर्न असमर्थ भएको र कार्यकाल जुलाईबाट परिवर्तन गर्नुपर्ने नियमलाई मध्यनजर गर्दै २०२१–२०२२ का अध्यक्ष लायन ध्रुव प्रसाद पौडेललाई पद अनौपचारिक तथा आन्तरिक रुपमा गरिएको क्लवका सचिव लायन शेर बहादुर पौडेलले जानकारी दिनुभयो ।
क्लवका पूर्व अध्यक्ष तथा लायन्स इन्टरनेशनल ३२५ बि २ को एरिया नं. ३ का चिफ एरिया कोअर्डिनेटर लायन बालगोपाल चुके प्रमुख अतिथि रहेको कार्यक्रम क्लवका सचिव लायन शेर बहादुर पौडेलले संचालन गरेका थिए । वर्ष २०२१–२०२२ को कार्यसमितिलाई प्रविवद्धता तथा स्वागत सहित परिचय क्लवका पूर्व अध्यक्ष लायन ईन्जिनियर ईश्वर कुमार राजभण्डारीले गराउनु भएको थियो ।
वर्ष २०२१–२०२२ को कार्यसमितिको अध्यक्षमा लायन ध्रुव प्रसाद पौडेल, निवर्तमान अध्यक्ष लायन ईन्जिनियर हरिराम पौडेल, उपाध्यक्ष प्रथम, द्धितिय र तृतियमा क्रमश लायन शंकर आचार्य, रामजी थापा र कृष्ण कुमार तामाङ्ग रहनुभएको छ । क्लवको सचिवमा लायन शेर बहादुर पौडेल, सह सचिव लायन गोविन्द पराजुली, कोषाध्यक्षमा लायन शिव श्रेष्ठ, सह कोषाध्यक्षमा अशोक न्यौपाने रहनुभएको छ । क्लवले ४ जना डाईरेक्टरहरुमा र अन्य पदाधिकारीहरु प्रि चयन गरेको छ ।

Write your Comment