आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

कावासोतीमा २०१ घरको खरको छानो विस्थापित गरिने

    प्रकाशित २०७८ अषाढ १८, शुक्रबार (३ साल अघि)


ज्ञानु पंगेनी,कावासोती ।पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा २०१ घरका खरको छानो विस्थापित गरिने भएको छ ।
नगरपालिकाको सबै १७ वटा वडामा गरेर २०१ घरको खरको छानो विस्थापित गरिने कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया थारुले जानकारी दिनुभयो । लक्षित वर्गमा परेका लाभाग्राहिसंग अहिले सम्झौता गर्ने काम भईरहेको उहाँले बताउनुभयो । वडाले समन्वय गरेर सम्झौता गर्ने काम भईरहेको उहाँले बताउनुभयो । यहि असार मसान्तसम्म सम्झौता गरेर आउँदो आर्थिक वर्षबाट छानो छाउने काम सुरु गरिने छ ।
सुरक्षित नागरिक आवास निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजना अन्तरगत कावासोतीमा यो अभियान सञ्चालन भएको हो ।
खरका छानामा छिटो आगलागी हुने , पानी पर्दा चुहिने लगायतका समस्या हुने भएकाले लक्षित वर्गका नागरिकको जीवनको सुरक्षाका लागि कावासोतीमा कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो । खरको छानो विस्थापित गरेर टिनको छानो छाउनका लागि प्रति घर ५० हजार रुपिँयाका दरले प्रदान गरिने घर्तीले जानकारी दिनुभयो । सरकारले सुरु गरेको यो अभियान अन्तरगत कावासोती नगरपालिकालाई तत्कालका लागि ३५ लाख रुपिँया बिनियोजन गरिएको घर्तीले बताउनुभयो । कार्यक्रम पुरा गर्नका लागि एक करोड ५० हजार रुपिँया लाग्ने जनाईएको छ । दुई किस्ता गरेर लाभग्राहिलाई रकम प्रदान गरिने छ ।

Write your Comment