आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024 Search
FLASH NEWS

गैँडाकोट खण्डमा अस्थायी डाइभर्सन बनेपछि एकतर्फी सवारी संचालन

    प्रकाशित २०७८ अषाढ १८, शुक्रबार (२ साल अघि)

गैँडाकोट । हिजो परेको अविरल वर्षाले आएको बाढीले पूर्व पश्चिम राजमार्गको गैँडाकोट १० तेइस स्मृति पुलमा डाइभर्सन बगाएर ठप्प भएको राजमार्ग एकतर्फी संचालनमा आएको छ । हिजो विहान करिव ८ बजेदेखि ठप्प राजमार्ग आज विहान साँढे ८ बजेबाट एकतर्फी संचालनमा आएको हो ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, नारायणगढ बुटवल सकड आयोजना मिलेर मुख्य डाइभर्सन बगाएको भन्दा दक्षिणतर्फ अस्थायी डाइभर्सन बनाएर एकतर्फी सवारी संचालनमा ल्याएको सशस्त्र प्रहरी पितौजीका डिएसपी विरभद्रनाथले जानकारी दिनुभयो । अहिले रोकिएका सवारीलाई विस्तारै वारपार गराइएको छ ।
डाइभर्सन तयार हुन ढिला हुँदा सवारी जाम लामो छ । एम्बुलेन्सलाइ प्राथमिकता दिँदै सवै सवारी साधनहरु पास गराइएको उहाँको भनाई छ ।

Write your Comment