आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

नवलपुरमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप

    प्रकाशित २०७८ जेष्ठ २३, आईतबार (२ साल अघि)


नवलपुर । नवलपुर जिल्लामा निषेधाज्ञा थपिएको छ । आज बसेको विपत व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले जेठ ३१ गतेसम्म निषेधज्ञा थप गरेको हो । भोलि सोमबार राति १२ बजेबाट सकिदै गरेको निषेधाज्ञा जेठ ३१ गते राती १२ बजेसम्म थप गर्ने निर्णय भएको प्रमुुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनुभयो । नवलपुरमा बैशाख २१ गते राति १२ बजेबाट पहिलो पटक निषेधाज्ञा जारी भएको थियो ।
नवलपुरमा कोरोना संक्रमण दरमा अझै पनि कमि नआएपछि निषेधाज्ञा थप गरिएको पंगेनीले बताउनु भयो ।

Write your Comment