आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

देवचुली ९ मा एक घर दुई एभोकाडोको बिरुवा वितरण

    प्रकाशित २०७८ अषाढ ९, बुधबार (३ साल अघि)


ज्ञानु पंगेनी,देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ९ ले प्रत्येक घरधुरीलाई एभोकाडो फलको बिरुवा वितरण गरेको छ ।
बुधबार वडा अध्यक्ष मेघ बहादुर सारुले उक्त कार्यक्रमको सुरुवात गर्नुभएको हो । अध्यक्ष सारुले खगराज कंडेल र टिकाराम भुषाललाई एभोकाडोको बिरुवा हस्तन्तरण गर्दै कार्यक्रम सुरु गर्नुभएको हो । बुधबार र बिहीबार गरेर दुईदिनसम्म सबै घरमा बिरुवा वितरण गरेर सकिने अध्यक्ष सारुले जानकारी दिनुभयो ।

एक घरलाई दुई वटाका दरले एभोकाडोको बिरुवा वितरण गरिएको छ । वडा कार्यालयको एक लाख रुपिँया र कृषि शाखाको दुई लाख रुपिँया गरेर तिन लाख रुपिँयाको लागतमा बिरुवा वितरण गरिएको सारुले बताउनुभयो । वडाभित्रका करीब ८५० घरलाई लक्षित गरेर बीरुवा वितरण गरिने छ । एभोकाडो फल जस्तोसुकै बिरामीले पनि खान हुने , स्वास्थ्यका लागि धेरै राम्रो हुने भएकाले यस फलको बिरुवा वितरण गरिएको अध्यक्ष सारुले बताउनुभयो ।

Write your Comment