आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024 Search
FLASH NEWS

आव २०७८/०७९ को लागि नवलपुरका स्थानीय तहलाई तिन अर्ब २९ करोड ४९ लाख बजेट विनीयोजन (हेर्नुहोस् कुनमा कती छ)

    प्रकाशित २०७८ जेष्ठ १६, आईतबार (२ साल अघि)


नवलपुर । आर्थिक वर्ष २०७८/०७९ को लागि नेपाल सरकार अर्थमन्त्रालयका अर्थमन्त्री बिष्णु पौडेलले बजेट सार्वजनिक गर्दै नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरका आठ स्थानीय तहलाई सरकाले तिन अर्ब २९ करोड ४९ लाख बजेट विनीयोजन गरेको छ ।
समानिकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरि नवलपुर आठ स्थानीय तहलाई चालु तर्फ दुई अर्ब ९१ करोड ६२ लाख बिनियोजन गरेको छ भने पुँजीगत तर्फ ३७ करोड ८७ लाख रकम प्रदान गरेको हो ।
नवलपुरको आठ स्थानीय तह मध्य सबै भन्दा बढी कावासोती नगरपालिकालाई ५९ करोड ७९ लाख बजेट विनीयोजन भएको छ । चालु तर्फ ५० करोड सात लाख र पुँजीगत तर्फ ९ करोड ७२ लाख बजेट प्रादन गरिएको छ ।

गैंडाकोट नगरपालिकालाई ४६ करोड ३१ लाख चालु तर्फ र ५ करोड १३ लाख पुँजीगत गरि कुल ५१ करोड ४४ लाख ।
देवचुली नगरपालिकालाई ३९ करोड ३३ लाख चालु तर्फ र ४ करोड ५९ लाख पुँजीगत गरि कुल ४३ करोड ९२ लाख ।
मध्यविन्दु नगरपालिकालाई कुल ४९ करोड ४७ लाख, चालु तर्फ र ४३ करोड ४० लाख र पुँजीगत  ६ करोड सात लाख ।
हुप्सेकोट गाउँपालकालाई २६ करोड ८७ लाख चालु तर्फ र ५ करोड ६८ लाख पुँजीगत गरि कुल ३२ करोड ५५ लाख ।
विनयीत्रिवेणी गाउँपालिकामा ३२ करोड ९२ लाख चालु तर्फ र २ करोड ५१ लाख पुँजीगत गरि कुल ३५ करोड ४३ लाख ।
बौदीकाली गाउँपालिकालाई २३ करोड ८१ लाख चालु तर्फ र १ करोड ८० लाख पुँजीगत गरि कुल २५ करोड ६१ लाख ।
भने बुलिङ्गटार गाउँपालिकालाई २८ करोड ९१ लाख चालु तर्फ र २ करोड ३७ लाख पुँजीगत गरि कुल ३१ करोड २८ लाख बजेट विनीयोजन गरिएको छ ।

Write your Comment