आज:  २०८१ श्रावण ३, बिहिबार | Thu, 18, Jul, 2024 Search
FLASH NEWS

२०७८/७९ को लागि जम्मा १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक : हेर्नुहोस् (पूर्णपाठ)

    प्रकाशित २०७८ जेष्ठ १५, शनिबार (३ साल अघि)


काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ ।

जसमध्ये चालु खर्चतर्फ खर्च गर्न ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत, पुँजीगततर्फ खर्चतर्फ ३ खर्ब ४७ अर्ब अर्थात २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात १२.६ प्रतिश विनियोजन गरेको छ ।

चालु खर्चतर्फ खर्च गर्न ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत, पुँजीगततर्फ खर्चतर्फ ३ खर्ब ४७ अर्ब अर्थात २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड अर्थात १२.६ प्रतिश विनियोजन

त्यस्तै वित्तीय हस्तातरणतर्फ ३ खर्ब ८६ अर्ब अर्थात २३.५ प्रतिशत रहेको छ । उक्त स्रोत व्यवस्थापनका लागि राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ र वैदेशिक अनुदानतर्फ ६३ अर्ब ३७ र राजस्वबाट अपुग हुने रकममध्ये आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब र बाह्य ऋणबाट ३ खर्ब ९ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट (पूर्णपाठ) पढ्न यहाँ क्लिक गर्नुहोस्:

बजेट वक्तव्य 2078

 

Write your Comment