आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

नवलपुरको देवचुलीमा अवस्थित चौधरी उद्योगद्धारा स्वास्थ्य मापदण्डमा हेलचेक्राई

    प्रकाशित २०७८ जेष्ठ ११, मंगलबार (२ साल अघि)


बिबेक भण्डारी/ नवलपुर
नवलपुरको देवचुली नगरपालिका वडा नम्बर दुइमा रहेको चौधरी उद्योगले स्वास्थ्य मापदण्डमा हेलचेक्राइ गर्दा समुदायमा कोभिडको संक्रमण फैलने जोखिम बढेको छ । उद्योगले उद्योगभित्रै आईसोलेसन तयार नपार्दा संक्रमित भएका कामदारहरु समुदायमै बस्न थालेका छन ।

देवचुली नगरपालिका वडा नम्बर दुइका एक स्थानिय महिला उद्योगमा कार्य गर्दै गरेको अवस्थामा स्वास्थ्य अवस्था बिग्रिदा घरमै बसेको र अहिले कोभिड संक्रमण पुष्टी भइ घरमै आराम गर्दै आएकी छन । वडा अध्यक्ष माधव केसिका अनुसार उद्योग अनुगमन गर्न आउनेलाई आइसोलेसन तयार रहेको बताए पनि उद्योगमा काम गर्ने कामदारलाई संक्रमणको लक्षण देखिन साथ घरमा पठाईदिने गरेको बताउनुभयो ।

“पहिले जिल्ला प्रशासन कार्यलयले अनुगमन गरेको र पछि आफुहरुले अनुगमन गर्दा यदि कामदार संक्रमित भएको अवस्थामा उद्योगले नै आइसोलेसन तयार पारेको बताएका हुन तर अहिले संक्रमितलाई घरै पठाएका छन” वडा अध्यक्ष केसिले बताए । यस्तै नेपाली काग्रेस वडा नम्बर २ का सभापति भेषराज न्यौपानेले मजदुरलाई सक्दा सम्म काममा लगाउने नसक्दा संक्रमणको लक्षण देखिँदा भने घरै पठाउने गरेको र यसले समुदायमा संक्रमणको जोखिम उच्च बनाएको बताए ।

नेकपा एमाले वडा सभापति बद्रि कोईरालाले उद्योगले स्वास्थ्य मापडण्ड नअपनाएको बताउनुभयो । यता उद्योगले प्रशासन कार्यलयबाट प्रमुख जिल्ला अधिकारी आउदा समेत उद्योगमा आइसोलेसन देखि सबै स्वास्थ्य मापडण्ड अपनाएको बताएको छ । तर उद्योगमा काम गर्दा गर्दै संक्रमित भएकाहरु भने घरमै बसेका छन । अहिले उक्त उद्योगमा कार्यरत प्रत्यक्ष देखिएका चार जनामा कोरोना पुष्टि भएको छ ।

Write your Comment