आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024 Search
FLASH NEWS

१४६ सांसदले दर्ता गरे रिट : संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन माग

    प्रकाशित २०७८ जेष्ठ १०, सोमबार (२ साल अघि)

काठमाण्डौ । नेकपा एमाले माधव कुमार पक्ष लगायत विपक्षी गठबन्धनका १४६ सांसदहरुले संसद पुनस्र्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
स्पस्ट बहुमत सहित दाबी गरेता पनि देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगर्नु असंवैधानिक भएको र संसदमा बहुमत देखाउन सक्दिनँ भनेर वैकल्पिक सरकार गठनका लागि माग गरेका प्रधानमन्त्री ओली फेरि आफ्नै बहुमत छ भनेर प्रधानमन्त्रीमा दाबी गर्न जानु निकै बदनियत भएको उनीहरुको दाबी छ ।

रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको हुँदा त्यसलाई खारेज गर्न माग गरेका छन् । जेठ ७ मा देउवाले १४९ सांसदको हस्ताक्षरसहित आफूलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कहाँ निवेदन हालेका थिए भने प्रधानमन्त्री ओलीले पनि आफूलाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १५३ जनाले समर्थन गरेको भन्दै निवेदन हालिसकेका थिए । त्यस निबेदन उपर राष्ट्रपति विद्यादेवी भण्डारीले दुबैको निवेदनमा दाबी नपुगेको भनी कसैलाई पनि नियुक्त गरिनन्।

Write your Comment