आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024 Search
FLASH NEWS

नागरिकतासम्बन्धी अध्यादेश जारी

    प्रकाशित २०७८ जेष्ठ ९, आईतबार (२ साल अघि)


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ अनुसार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन्।

हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो । मधेसकेन्द्रित दलको माग भए बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट नागरिकता सम्बन्धी अध्यादेश पारित गराएका थिए ।

संविधानको धारा ११ को उपधारा (३) मा संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ।

यस नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा २ वर्ष देखि छलफलका क्रममा रहेको छ तर सरकारले संसद विघटन गरेपछि अध्यादेशको रुपमा अर्को नागरिकता ऐन आज ल्याएको हो ।

Write your Comment