आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

अक्सिजन र रगतको व्यवस्थापनका लागि जुट्यो विपद व्यवस्थापन सहयोगी समिति नवलपुर

    प्रकाशित २०७८ बैशाख ३०, बिहिबार (३ साल अघि)


कावासोती । कोभिड १९ संक्रमितको उपचारको क्रममा आवश्यक पर्ने अक्सिजन सहित रगतको व्यवस्थापनका लागि विपद व्यवस्थापन सहयोगी समिति नवलपुरको गठन गरिएको छ । नवलपुरका विभिन्न क्षेत्रमा लागेका व्यक्तिहरुको सहभागितामा समिति गठन गरिएको छ । कावासोतीमा बिहिबार बसेको बैठकले शिव गिरीको अध्यक्षतामा विपद व्यवस्थापन सहयोगी समिति नवलपुर गठन गरेको हो ।
कोभिड १९ र यसबाट उत्पन्न भएका जटिल समस्याहरु अक्सिजनको अभाव , रगतको अभाव लगाएत विविध समस्याहरुलाई समाधान गर्ने उद्येश्यले समिति गठन गरिएको समितिका अध्यक्ष शिव गिरीले बताउनुभयो ।
नवगठित समितिको सचिवमा आनन्द श्रेष्ठ, कोषाध्यक्षमा नारायण न्यौपाने सदस्यहरुमा वेद प्रसाद न्यौपाने, भोजराज दाहाल, भिमलाल अधिकारी, बाबुराम कंडेल, अमृतमाया भुषाल, जगत प्रसाद भट्टराई, चन्द्र बहादुर रानाभाट, नारायण प्रसाद न्यौपाने, दिपेन्द्र पौडेल, माधव प्रसाद लम्साल, कमल प्रसाद चापागाई ,विन्दु काफ्ले ,डासुराज पोखे्रल , मदन गिरी ,अर्जुन अविरल र मिडिया प्रवक्तामा दयाराम आचार्य रहनु भएको छ ।
विपद व्यवस्थापन सहयोगी समितिले तत्काल जिल्लामा देखिएको अक्सिजनको अभावलाई समाधानका लागि लागिपर्ने समितिका अध्यक्ष शिव गिरीले बताउनुभयो । उहाँका अनुसार जिल्ला भरिबाट अक्सिजन सिलिण्डर संकलनको काम सुरु गरिनेछ । व्यक्तिगत रुपमा घरमा रहेका ,व्यवसायमा प्रयोग भएका अक्सिजन सिलिण्डर संकलन गरि जिल्लाका अस्पतालमा उपचाररत अक्सिजनको आवश्यक पर्ने कोभिड संक्रमितलाई पुर्‍याईने अध्यक्ष गिरीले बताउनुभयो । उद्योगहरुमा सम्पर्क थरि आवश्यक सिलिण्डरहरुको व्यस्थापनकालागि समेत पहल गरिने उहाँले बताउनुभयो ।
यस्तै कोभिडका कारण नवलपुरका रगतको अभाव भएकाले रक्तदाताहरुको नाम संकलन गरि तयारी अवस्थामा राख्ने र कसैलाई रगत आवश्यक परे तत्काल उपलब्ध गरिने समेत उहाँले बताउनुभयो ।
समितिले अक्सिजन र रगतको व्यवस्थापनकालागि काम सुरु गरिसकेको समेत अध्यक्ष गिरीले बताउनुभयो । यसको व्यवस्थापनका लागि सहयोग रकम समेत संकलन सुरु गरिएको छ । हालसम्म प्याव्सन नवलपुरबाट ५० हजार , रोटरी क्लब अफ कावासोतीबाट ३० हजार, सिद्दार्थ आवासिय मा वि कावासोतीबाट १० हजार, नवलपुर बोर्डिङ्ग चोरमाराबाट १० हजार, गण्डकी आवसीय मावि कावासोतीबाट १० हजार , निप्स कावासोतीबाट ५ हजार र शिवालय टोल विकास संस्था कावासोती ९ बाट ५ हजार रकम सहयोग संकलन भएको कोषाध्यक्ष नारायण न्यौपानेले बताउनुभयो ।
यसै गरि चन्द्र बहादुर रानाभाट , लक्ष्मिकान्त रिमाल ,हरि केसी, भोजराज दाहालबाट एक/एक थान अक्सिजन सिलिण्डर प्राप्त भएको मिडिया प्रवक्ता दयाराम आचार्यले बताउनुभयो । चन्द्रबहादुर रानाभाटले आफ्नो लिया वडि विल्डर्समा रहेको अक्सिजन सिलिण्डर हस्तान्तर गरे पश्चात सिलिण्डर संकलनको अभियान प्रारम्भ भएको प्रवक्ता आचार्यले बताउनुभयो ।
समितिका अध्यक्ष शिव गिरीले आफ्नो घर ,व्यवसायमा रहेका अक्सिजन सिलिण्डर प्रदान गरि कोभिड विरुद्धको लडार्ईमा सहयोग गर्न सबैमा आग्रह समेत गर्नुभएको छ ।

Write your Comment